राष्ट्रपति विद्यादेवी भण्डारी साझा बसमा

Bidhya_Shajha
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन्। शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी बस चढेकी हुन्।

साझा यातायातको बिजुली बसमा चढेर उनी पिम्बहाल पुगेकी हुन्। उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमा पुगेको थियो। उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन्।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए। त्यस लगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकन समेत गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्