वाम एकताका लागि माओवादीले बनायो कार्यदल

लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ।

टोलीमा महासचिव देव गुरुङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन्। यसअघि नेकपा एकीकृत समाजवादीले पनि वार्ता टोली बनाइसकेको छ। महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन छ।

बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसका लागि प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको महराले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्