आज नेप्से ५ अंकले उकालो

share-market-
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ। यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ। ३५ कम्पनीको कुल १० हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २९ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर छ। १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ। दुई कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्