सप्तरीमा मोटरसाइकल टिपरमा ठोक्किदा दुईको मृत्यु

accident_
लोकपाटी न्यूज
5 Shares

सप्तरी। सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा ८९ प ३२१५ तथा प्रदेश १०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल शनिबार राति रोकिराखेको टिपरमा ठोक्किएका थिए । मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

घाइते २४ वर्षीय युवाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्