प्रमलाई विश्वासको मत दिनेसम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

Losapa- pic
फाइल तिस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको हो। यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्। लोसपाको प्रतिनिधिसभामा चार सांसद हुन्।

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्