
विराटनगर। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन्।
६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए।