प्रतिपक्षी बेन्चमा बस्ने समाचार कपोकल्पित : प्रभु साह

Prabhu Sah
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विभिन्न सञ्चार माध्यममा आफूलाई संसद्को प्रतिपक्षमा बस्ने भनी सम्प्रेषण भएका समाचार भ्रमपूर्ण र कपोकल्पित भएको बताएका छन्। साहले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेका छन्।

केही सञ्चार माध्यमले भ्रामक समाचार लेखेर सुनियोजित रूपमा चरित्र हत्या गर्ने षडयन्त्र गरेको उनको आरोप छ। रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद साहले गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए। उनले हालसम्म समर्थन कायम राखेका छन्।

‘मेरो नाम जोडी संसद्को प्रतिपक्षमा बस्ने भन्ने आएको संसद् सचिवालय र विभिन्न सञ्चार माध्यमको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसरी मेरो चरित्र हत्याको दुष्प्रयास गर्नु खेदजनक विषय रहेकोले शीघ्र सार्वजनिक रूपमा माफी माग्दै तत्काल स्टेटमेन्ट/समाचारमा सुधार गर्न माग गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्