राप्रपा अस्थिरताको कारक बन्दैन : अध्यक्ष लिङ्देन

Rajendra_Linden
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा उनले सो कुरा बताएका हुन्।

लिङ्देनले भने, ‘मुलुकका यावत समस्याहरू सामूहिक रूपमा समाधान गर्ने दिशामा हामी अग्रसर हुनुपर्छ। राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढता साथ उभिनेछ।’ उनले आफूहरू देशको अस्थिरताको कारक नबन्ने बताए। उनले जनादेशले कसैलाई पनि निषेध गरेर जान नसक्ने सन्देश दिएको बताए।

‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन। हामीभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन। त्यसैले देशलाई शिरमा राखेर देशका समस्याहरूलाई सामूहिक रुपमा सम्बोधन गर्नुपर्छ,’ लिङ्देनले भने ‘राप्रपा देशमा अस्थिरताको कारक बन्ने छैन।’