नेकपा एसको सचिवालय बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत देला ?

samajbadhi
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो।

प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन्। कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ। आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्