लुम्बिनी सरकारमा दाबी पेश गर्दै एमालेका गिरी

lila-giri
लोकपाटी न्यूज
5 Shares

बुटवल। लुम्बिनी प्रदेशमा आज मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ। नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने भएका हुन्।

उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ।

सत्ताधारी गठबन्धनको भागबण्डामा लुम्बिनी प्रदेश एमालेको भागमा परेको छ। ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जनाको समर्थन चाहिन्छ।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा ४, जसपा ३ र जनमतका ३ सांसद रहेका छन्। उनीहरु सबैको समर्थन पाउँदा गिरीको पक्षमा ४९ जनाको बहुमत पुग्नेछ। यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १/ १ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्