मुख्यमन्त्री जम्मकट्टेलसहित बागमती प्रदेशका ३ मन्त्रीले लिए शपथ

bagmati-jammakattel_pic
लोकपाटी न्यूज
5 Shares

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ खाएका छन्। माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता जम्मरकट्टेल नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा सोमबार नियुक्त भएका हुन्।
मुख्यमन्त्री जम्मकट्टेलसँगै २ मन्त्रीले पनि आज शपथ खाएका छन्।

नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री तथा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा बिनाविभागीय मन्त्री बनेका हुन्।आज बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौडामा उनीहरुलाई शपथ गराएका हुन्।

मुख्यमन्त्रीलाई माओवादीका २१, नेकपा एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका थिए। उनलाई पाँच दलको समर्थन रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्