जातीय विभेदको आरोपमा वडाध्यक्ष अधिकारी प्रहरीको नियन्त्रणमा

bharat_adhikari_pic
लोकपाटी न्यूज
5 Shares

पोखरा। पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

वडा सदस्य मैया नेपालीलाई अपमानपूर्ण व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

वडा सदस्य नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन्। उजुरीपश्चात अधिकारी मंगलबार बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्