
काठमाडौं। साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले घटेर एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ३६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।