मेगा बैंक र नेपाल इन्भेष्टमेन्टको एकिकृत कारोबार सुरू

mega-invest bank
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले आजदेखि एकिकृत कारोबारको सुरू गर्दैछन्। दुई बैंक मर्ज भएर नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

मर्जरसँगै नेपाल इन्भेष्टमेन्टको कुल पूँजी ५८ अर्ब पुगेको छ। दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट कुल पूँजीतर्फ सर्वाधिक ठुलो भएको छ।

दुई बैंकलाई मर्जरमा जानको लागि राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। मर्जरपछि कुल निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। यो ग्लोबल पछि दोस्रो ठुलो निक्षेप हो। त्यस्तै कर्जा लगानी तीन खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ।

बैंकको शाखा सञ्जाल २९६ वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ वटा पुगेको छ। एटिएम २७९ वटा सञ्चालनमा आएको छ भने कुल ग्राहक संख्या ४० लाख नाघेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्