शुक्रबार विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

hikmat-karki
लोकपाटी न्यूज
4 Shares

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्।

उनले प्रदेशसभा सचिवालयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलब्ध गराउन अनुरोध गरेका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए। उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्