सुदूरपश्चिमको सभामुखका लागि काँग्रेसबाट रावलको उम्मेदवारी दर्ता

Sudurpaschim-pradesh-sabha-pic
लोकपाटी न्यूज
9 Shares

कैलाली। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले सभामुखमा मनोनयन दर्ता गराएको छ। काँग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले बुधबार दिउँसो मनोनयन दर्ता गराएका हुन्।

रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन्। सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली काँग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन्।

सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ। जसका लागि आजदेखि मनोनयन दर्तालगायतका प्रक्रिया सुरु गरिएको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्