सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी

Satta-Gathbandhan-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मन्त्रालयको भागवण्डा टुंगो लगाउन आज बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।आज बिहान ११ बजे सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेको छ। नेकपा (एमाले), नेकपा-माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन।

बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ। यसैगरी, बाँकी रहेका मन्त्रालयको भागबन्डा पनि बिहीबारकै बैठकबाट गरिनेछ। प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्