कैलालीमा पेस्तोलसहित दुई पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
5 Shares

धनगढी। कैलालीमा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवा र गौरीगंगा–४ राजीपुर बस्ने ३५ वर्षीय नरेन्द्र खडायत रहेका छन्।

देउवाको घरबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्