प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री जम्कट्टेलको भेट

prachanda-jamarkattel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेट गरेका छन्।प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त भएकामा जम्कट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नवनियुक्त मुख्यमन्त्री जम्कट्टेल नेकपा (माओवादी केन्द्र) का नेता हुन्। नेकपा (एमाले) लगायत सत्तासाझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रासस