
काठमाडौं। एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ। बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो।
टोरिनोलाई क्वाटरफाइनलमा र्पुयाउन एनदारी एडोपोले एक गोल गरे। खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। ११४ औं मिनेटमा एडोपोले गोल गर्दै टोरिनोलाई जित दिलाए।
यस्तै, खेलको ७० औं मिनेटमा कोफीले रातो कार्ड पाएपछि टोरिनो १० खेलाडीमा समेटिएको थियो।