
काठमाडौं। आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सय रूपैयाँले बढेर एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार ५ रूपैयाँले घटेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।