सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन

Rajendra_Rawal
लोकपाटी न्यूज
4 Shares

गोदावरी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन्। आज प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्।

मुख्यमन्त्री रावलले पहिलो निर्णयका रुपमा शासकीय सुधार गर्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन्। कार्यदलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना तयार पार्ने जनाइएको छ।

गठित कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन्। मुख्यमन्त्री रावलले कार्यदललाई एक साताभित्र प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन्।