स्कुल बसको ठक्करबाट एक महिलाको निधन

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
3 Shares

झापा। झापामा स्कुल बसको ठक्करबाट पैदल यात्रीको निधन भएको छ। झापाको गौरादह नगरपालिकामा मे ख २६७६ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले बाटोमा हिँडिरहेकी ७२ वर्षीया तुलसा दाहाललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो। उपचारका क्रममा उनको बिहीबर राति सवा नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। प्रहरीले बस चालक अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्