कञ्चन खुल्ला पुरुष भलिबल प्रतियोगितामा देवी दर्शन, मधुपुरी र कञ्चन क्लब विजयी

khel
लोकपाटी न्यूज
4 Shares

भरतपुर। पश्चिम चितवनमा कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिता शुक्रबार तीन खेल भएका छन्। कञ्चन समाजको खेल मैदान भरतपुर–२१, कञ्चनबस्ती, पार्वतीपुरमा भएको पहिलो खेलमा कञ्चन समाज विकास परिषद कञ्चनबस्ती विजयी भयो। पद्मोदय युवा क्लबलाई २५/२० र २५/२३ ले पराजित गर्दै कञ्चनबस्तीले जित हासिल गरेको हो।

यस्तै दोस्रो खेलमा सुन्दर संगम युवा क्लब सुन्दरबस्तीलाई पाखा लगाउदै देवी दर्शन क्लब विजयी भएको छ। देवी दर्शनले २५/२० र २५/१४ को सोझो सेटमा सुन्दरवस्तीलाई हरायो।

हिजोको अन्तिम खेलमा माडी ईन्टर मिलनलाई पराजित गर्दै मधुपुरी बत्तिस चर्च अघिल्लो चरणमा प्रवेश गरेको छ। मधुपुरीले २५/२३ र २५/१९ को रोमाञ्चक प्रतिस्पर्धाद्वारा पराजित गरेको हो। शुक्रबारको प्रतियोगिताबाट ३ समुह अघिल्लो चरणमा गएछन्।

आज शनिबार बाँकी खेल हुने कञ्चन समाज परिषद कञ्चनबस्तीका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बताए। प्रमुख अतिथी भरतपुर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ्गले प्रतियोगिताको उद्घाटन गरेका थिए।

कञ्चन समाजको चाहना, खेलकुद विकासको कामना’ भन्ने मूल नाराका साथ पौष २९ गतेदेखि सुरु भएको सो प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार रुपैंया, द्वितीय पुरस्कार ३१ हजार र सान्त्वना पुरस्कार दुई वटा समुहलाई ११/११ हजार प्रदान गरिने अध्यक्ष सुवेदीले बताए। १६ समुह सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्