प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

prachanda_oli-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज (शनिबार) भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै दुई नेताबिच भेट भएको हो।

वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्