
काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरको छ। शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरेको हो। मंसिर ४ को चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।