प्रदेश १ को उपसभामुख पदमा सिर्जना दनुवार निर्वाचित

Shrijana-danuwar-pic
लोकपाटी न्यूज
5 Shares

विराटनगर। प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो। उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको छ।

मतदानमा ९० जना सांसदहरुको सहभागिता थियो। दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए।

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भइसकेका छन्। प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन्। मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्