विमान दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थल

prachanda-dahal pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं।काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी पनि लिएका छन्। विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन्।

‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’ प्रचण्डको सचिवालयले भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्