विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

cabinet_meeting
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। बैठकपछि उपप्रधान तथा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने जानकारी दिए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए। जसमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। ५३ नेपाली यात्रु र १५ विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्