विमान दुर्घटना उद्धार जारी : चार जना अझै भेटिएनन्

yeti_airlines
लोकपाटी न्यूज
9 Shares

गण्डकी। पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चार जनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए। उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ।

उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ भने। काठमाडौंका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो। अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्