काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज सोमबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, देशको तराईका भू-भागमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।