प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूत छेनको भेट

chen-song_prachanda
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन्।

भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिचिन फिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्