छैँटौँ कञ्चन खुला पुरुष भलिबलको उपाधि केवाईसी शारदानगरलाई

saradhanagar
लोकपाटी न्यूज
5 Shares

भरतपुर। पश्चिम चितवनको भरतपुर २१ कन्चनवस्तीमा सम्पन्न छैठौ कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि केवाईसी शारदानगरले कव्जा गरेको छ। सोमबार सम्पन्न फाईनल खेलमा चितवनकै चर्चित टिमको नेतृत्व गर्दै आएका मन्जिल गुरुङ्गको टिम कालिका टिमलाई (२५-२०), (२२-२५), (२५-१८) र (२५-२१) को सेटमा पराजित गर्दै शारदानगरले उपाधि कब्जा गरेको हो।

उपाधिसँगै शारदानगरले नगद ५१ हजार रुपैयासहित ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा रहेको कालिका टोलले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बताए। त्यसैगरि प्रतियोगिताको सेमिफाईनलिष्ट २ टिम काली बहादुर गण भरतपुर र अमृतचोक स्पोर्टस क्लवले ११/११ हजार प्राप्त गरे।

कञ्चन समाजको चाहना, खेलकुद विकासको कामना’ भन्ने मूल नाराका साथ पौष २९ गतेदेखि सुरुवात भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए। आजको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका साम्सद ठाकुर प्रसाद ढकाल, बिशिष्ट अतिथिको रुपमा भरतपुर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ्ग, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उत्तम गुरुङ्ग लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्