तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

paul_shah
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। बालिका बलात्कारको अभियोगमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिइएको छ। तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा उनलाई सफाइ दिएको हो।

पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो। पीडित होस्टाइल भएपछि नवलपुर अदालतले पललाई करणीको मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गरी सजाय सुनाइएको थियो।

नवलपुर जिल्ला अदालतले भदौ २१ गते फैसला गरेको थियो। पलविरुद्ध ११ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेको थियो। फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेपछि उनी थुनामा पुगेका थिए।

पीडित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटलमा पनि बलात्कार गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो। मुद्दाको थुनछेक बहसपछि दुवै जिल्ला अदालतबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्