
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न गएका छन्। अध्यक्ष नेपाल बुधबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न गएका हुन्।
नेपालसहित पर्यटनमन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्री पुनलाई भेट्न पुगेका हुन्।