छिट्टै मन्त्रीहरूको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की

Hikmat_Karki
लोकपाटी न्यूज
6 Shares

गौरादह। प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन हुने बताएका छन्। उनले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे।

झापाको गौरादहमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरूसँगको परामर्शमा कार्यविभाजन गरिने बताए। उनले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसै अनुसारको कार्यविभाजन गरिने बताए। मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए।

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए। मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्