मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ। राति सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ।

शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्