प्रधानमन्त्री प्रचण्डद्वारा डा. रुइतलाई बधाई

PM_PRACHANDA
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। डा. रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आज बिहान सामाजिक सञ्जालमार्फत डा रुइतलाई बधाई दिँदै राज्यसँग उनले गरेको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’

डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताएका थिए। आँखा उपचारमार्फत उनले मानव सेवामा गरेको योगदानको कदर गर्दै बहाइनले झण्डै १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ।