सभामुख चयन आज

Sansad_samsad
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै सुरु हुँदैछ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ।

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली काँग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ। घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने रहेका छन्।

न्यौपानेको प्रस्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला रहेका छन्। बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफ्नो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नेछन्।