रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

rara music award pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड-२०७९ सम्पन्न भएको छ। समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान र्पुयाएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो। विशिष्ट सङ्गीतकाररगायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायकरसङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका छन्।

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी गराएका थिए।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक कला संस्कृती र कलाकारहरूप्रति सधैं सम्मान तथा सहयोग रहने बताउनुका साथै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्