रास्वपाबाट राना उपसभामुखको उमेदवार

indira rana pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार बन्ने भएकी छन्। पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकबाट रानालाई उपसभामुखको उमेदवार बनाउने निर्णय गरिएको सांसद मनीष झाले जानकारी दिए।

उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ। सत्ता गठबन्धनमा आबद्ध दलबीच विभिन्न पदको भागबन्डा गर्दा उपसभामुखमा रास्वपाको भागमा परेको थियो। रानाले उमेदवारी दिएको अवस्थामा उनलाई सत्ता गठबन्धनमा आबद्ध प्रमुख दलहरूको रहनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्