
काठमाडौं। प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन्। बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन्।
यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन्। घिमिरे कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका हुन्।