स्वास्थ्यमा सुधार देखिएपछि उपमहासचिव पुन डिस्चार्ज

Barsaman_pun
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज भएका छन्। वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनी आज डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ। माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौं ल्याइएको थियो। चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन्।