मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

Rajkumar_Sharma
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिए।

उनले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य संख्यामा २५ सदस्यले उनको पक्षमा विश्वासको मत दिएका थिए। जहाँ ३९ प्रदेशसभा सदस्य बैठकमा उपस्थिति थिए। १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनी राखेको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्यामा २५ सदस्यले पक्षमा मत दिएको र उक्त संख्या उपस्थित सदस्यको बहुमत भएकोले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। अर्को सूचना नभएकासम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्