दीपक केसीको गीति एल्वम ‘काली पुल तरेर’ सार्वजनिक

लोकपाटी न्यूज
3 Shares
  • निर्मल पौडेल

 पर्वत। चर्चित लोक तथा दोहोरी गीत शब्द सर्जक दीपक केसीको मार्मिक शब्द सिर्जनामा सजिएको लोकदोहोरी गीति एल्वम ‘काली पुल तरेर’ सार्वजनिक भएको छ। चर्चित लोक तथा दोहोरी गायक ईश्वर सिंहको मौलिक लय तथा सिंह र कर्णप्रिय स्वरकी धनी सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा सजिएको गीति एल्वम ‘काली पुल तरेर’ दीपक केसी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

बाग्लुङको नुहारामा जन्मेर अमेरिकालाई कर्मथलो बनाएका केसीले शिखर छुने छ, म जन्मेको गाउँ, ए मैना जस्ता चर्चित गीतहरूलाई बजारमा ल्याइसकेका छन्। चर्चित निर्देशक दिलीप रेग्मीको निर्देशन र राम केसीको छायांकनमा सम्पन्न गीतको सम्पादन अमृत चापागाईंले गरेका थिए।

आशिस अविरलले एरेन्ज गरेको गीतलाई रागमा स्टुडियोमा मनोज परियारले गरेका थिए। गीतमा चर्चित अभिनेत्री सारिका केसी र चर्चित मोडेल सुजन केसीले अभिनय गरेका छन्। समाजसेवी नीर क्षेत्रीले व्यवस्थापन गरेको उक्त गीतलाई नेपाली जनसमुदायले मन पराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्