उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न काँग्रेसको ह्विप

mukta
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेपाली काँग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ। माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

काँग्रेस प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा काँग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न आज ह्विप जारी गरेका हुन्। साथै उनले इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदानसमेत गर्न ह्विप जारी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्