पुराना फरारहरू मात्र होइन, नयाँ फरारलाई पनि पक्राउ गर्छौं : गृहमन्त्री लामिछाने

Rabi Lamichane
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेकाहरू पक्राउ पर्ने बताएका छन्। “पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन भन्ने कुराको हेक्का छ,” गृहमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिजो बोलेका शब्द–शब्दको हेक्का छ। भोट माग्दा गरेका वाचाहरूको हेक्का छ।”

जनताको लाइफलाइन बदल्न आफूले मिहिनेत गरिरहेको पनि उनले उल्लेख गरेका छन्। ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ। तर, जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्