सांसद राना उपसभामुख बन्दा पदको गरिमा बढ्छ : सोविता गौतम

sobita-gautam-pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेकी छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताइन्।

उनले उपसभामुख पदमा इन्दिरा रानालाई मतदान गर्न भोटको अपिल गरिन्। रानाको प्रस्तावक रहेकी गौतमले सांसद राना समाज रूपान्तरणको अथक प्रयासपछि आएको व्यक्तित्व भएको जानकारी गराइन्।

इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्