एक्मी इन्जिनियरिङ कलेजका विद्याथीले गरे इको प्यानलको भिजिट

pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एक्मी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले नेपाल इको प्यानलमा इन्डष्ट्रियल भिजिट गरेका छन्। सिभिल इन्जिनियरिङमा अध्ययनरत ६० जना विद्यार्थी भिजिटमा सहभागी थिए।

कक्षामा अध्ययन गरेका सैद्धान्तिक ज्ञानहरुलाई व्यवहारिक ज्ञानमा परिणत गर्न उनीहरु भ्रमणमा आएका थिए। विद्यार्थीले नेपाल इको प्यानल कसरी वातावणमैत्री तवरबाट उत्पादन हुन्छ भन्ने विषयमा विशेष रुचि देखाएका थिए।

कम्पनीका सिईओ इन्जिनियर कृष्णभक्त दुवालले वातावरणमैत्री निर्माण सामाग्रीको महत्वबारेमा त्यस अवसरमा चर्चा गरेका थिए। साथै त्यस अवसरमा फायर प्रुफ, साउण्ड प्रुफ, थर्मल इन्सुलेसनलगायतका विशेषताहरुकोबारेमा प्रदर्शनी गरिएको थियो।

चिनको उहान युनिभर्सिटी अफ टेक्नोलोजीमा वातावरणीय इन्जिनियरिङमा पीएचडीरत इन्जिनियर दुवालले नेपाल इको प्यानलका उत्पादन र प्रयोग पश्चात् त्यसको वातावरणीय प्रभाव र उर्जा किफायती सम्वन्धी प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्