जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता पहिलो प्राथमिकता : सभामुख घिमिरे

devraj ghimire
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन्। उनले बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए। उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे।

उनले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाति राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए। उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्